कुमारवर्ती बहुमुखी क्याम्पसको पाचौं क्याम्पस सभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १६ गते १५:०८

मंसिर १६
शारदा झेडीमगर
कुमारवर्ती बहुमुखी क्याम्पसको पाचौं क्याम्पस सभा आज एक कार्यक्रमका बिच सप्पन्न भएaको छ । क्याम्पस संचालक समितिका सभापती महेन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न सभामा पूर्वप्रतिनिधि सभा सदस्य, समाजसेवी एवं शिक्षा प्रेमी सत्य नारायण खनाल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि खनालले कलेज स्थापनाकालको स्मरण गर्दै आफुहरुले अनेकौं दुख सङ्घर्र्ष गरेको अनुभव सुनाउनु भयो ।

पछिल्ला दिनहरुमा अधिकांश विद्यार्थीहरु बिदेशीने कारणले देशब्यापि रुपमा प्रत्येक गाउ गाउमा कलेज स्थापना भएकोले कलेजको संख्याको अनुपातमा विद्यार्थी संख्य कम हुदै जानु प्रमुुख चिन्ताकोे बिषय भएकोे बताउनुभयो । सरकारले रोजगारी सिर्जना गर्न नसक्नु नेपाल प्राकृतिक रुपमा सप्पन्न, सुन्दर र उर्वर भुमी भएपनी पनि सामन्ती सस्कारकोे अन्त्य हुुन नसक्दा र जनता ले तिरेको करको सहि सदुपयोग हुुन नसक्नु अहिलेको राष्ट्रिय समस्या भएको उहाँको भनाइ थियो । उहाले पछिल्लो समयमा प्लस टु सकिनासाथ बिदेशीने क्रमले गर्दा नेपालमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या न्यून भएकोप्र्रती चिन्ता व्यक्त गर्दै अव सरकारले नै उचित निती ल्याउनुुका साथैै कार्र्यान्वयन गर्नुुपर्नेमा जोड दिनुुभयो ।

यसैगरी कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बिद्यार्थीहरु बिदेश बाहिरिएका कारण अहिलेको शैक्षिक संस्थाहरुको स्थिति समग्र मुुलुुकमै नाजुक हुँदै गएकोले अब राज्यस्तर बाट नै ब्यापक रुपमा शैक्षिक बहस गर्नुपर्ने बेला आएको तर्क गरेका छन् । च्याउ उम्रीए जसरी खोलिएका क्याम्पसहरु प्रकृयागत ढंगबाट अव समायोेजन हुुनुपर्ने धारणा ब्यक्त गरेका हुुन् । भर्खरै क्याम्पस पढ्ने उमेरका बिद्यार्थीहरु वाहिरीने क्रम अत्याधिक तिब्र रुपमा बढेकाले ढिलो चांडे क्याम्पस समायोेजन गर्नुुपर्ने परिस्थीति को सिर्जना भएको बताएका हुुन् ।

अव स्वदेशमै बसेर पढ्दैै कमाउदै गर्ने अवसरको वातावरण नहुने हो भने बिस्तारै क्याम्पस मर्ज गर्नुुकोे बिकल्प नहुने धारणा ब्यक्त गरेका हुुन् । पुुर्व क्यापस प्रमुख एवं शेैक्षिक ब्याक्तित्व झपेन्द्रश्वर भुुषालले अव यस बिषयमा खुलेर बहस र छलफल गर्नुपर्ने भन्दै सस्थालाई जल्दोबल्दो साथ जिवित राख्नाका लागि राजनितिज्ञ, शिक्षक, अभिभावक,शिक्षाप्रेमी सबैले आ आफ्नो तर्फबाट ढृढ सन्कल्पका साथ अघि बढ्नुु पर्ने तर्क गर्र्नुुभयो । ब्यावसायिक लाभ भन्दा पनि सामाजिक लाभका लागि पनि यो पहलकदमी हुनुपर्नेमा उहाको जोड रहेको थियो । यसैगरि कार्यक्रममा क्याम्पसको बार्सिक प्रगति प्रतिबेदन प्रस्तुुत गर्र्दैै क्याम्पस प्रमुख गुरु प्रसाद सुबेदीले परिवर्र्तित र गतिशील समाजको नियम बाट कोहि पनि पछि हट्न नसक्ने भएकाले अब क्याम्पसलाई अझै नयाँ र परिस्कृत ढङ्गले अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस सभाका पदाधिकारी , पुर्ब क्याम्पस संचालक समितिका सभापति एव गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारि ,पुर्ब क्याम्पस प्रमुख झपेन्द्रेश्वर भुसाल, समाजसेवी डा. गोपाल खनाल, नन्दकली स्मृती छात्रबृती अक्षयकोेषका संस्थापक दयाराम कंडेल, शेरशान्ती स्मृती छात्रबृती अक्षयकोेषका संस्थापक लिला राना,मनप्रताप सेन राजु स्मृती छात्रबृती अक्षयकोेषका धनप्रताप सेन, कृष्णप्रसाद सुुवेदी छात्रबृती अक्षयकोेषका संस्थापक कृष्णप्रसाद सुवेदी, लक्ष्मी बैकटेस अक्षयकोेषका संस्थापक बेदप्रसाद शर्मा ढकाल, जानुका स्मृती छात्रबृती कोेषका प्रतिनिधी, देवीलाल तथा रमादेबी दाहाल स्मृती छात्रबृती कोेषका प्रतिनिधी, मनरुपा स्मृती छात्रबृती कोेषका शिवलाल चापागाइ, समाजसेवी कणर्ेल धनबहादुर मास्की राना क्याम्पस सभा सदस्यहरु, प्राध्यापक कर्मचारी, विभिन्न संघ सस्थाका प्रमुख एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम क्याम्पसका सहायक प्रमुख राजेन्द्र केसीले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य क्याम्पस सभा सदस्य एक नारायण अधिकारीले गर्नुभएको थियोे ।

प्रकाशित : २०८० मंसिर १६ गते १५:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI