नवराज बिक सहित ६ जनाको हत्याकाण्ड : २३ जनालाई जन्मकैदको फैसला

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १९ गते १९:०१
नवराज बिक सहित ६ जनाको हत्याकाण्ड : २३ जनालाई जन्मकैदको फैसला

कावासोती  । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा संलग्न २३ जनालाई जन्मकैदको सजाय भएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।

६ युवाको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलले बहस गरेका थिए ।

प्रकाशित : २०८० मंसिर १९ गते १९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI