एनसेलको सेयर बिक्री प्रकरणमा खुला छलफल गर्न रवि लामिछानेको चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २० गते ११:२९
एनसेलको सेयर बिक्री प्रकरणमा खुला छलफल गर्न रवि लामिछानेको चुनौती

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेलको सेयर बिक्रीका विषयमा खुला छलफल गर्न चुनौती दिएका छन ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत दलका नेताहरूले एनसेलको विषयमा खुला छलफल गर्न नसक्ने टिप्पणी गरेका छन् । उनले पार्टीका नेताहरूले एनसेलको कर तिर्न नपर्ने भन्दै रकम लिएको आरोप लाएका छन् ।

उनले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरेका छन् । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’ उनले लेखेका छन् ।

प्रकाशित : २०८० मंसिर २० गते ११:२९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI