प्रगतिनगर बजारमा पसलको सटर बन्द गरेर व्यवसायी माथी दिउसै कुटपिट

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २० गते २०:०१
प्रगतिनगर बजारमा पसलको सटर बन्द गरेर व्यवसायी माथी दिउसै कुटपिट

कावासोती । देवचुली-१५ मा रहेको प्रगतिनगर बजारमा दिनको करिब २ बजेको समयमा फेन्सी पसल सन्चालन गर्दै आएका व्यवसायी माथी कुटपिट भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार प्रगतिनगर बजारमा स्नो ह्वाइट फेन्सी पसल सन्चालन गर्दै आएका देवचुली-१५ का तुलसीराम भट्टराईलाई देवचुली-१३ का आयुष सुनार र सुजन सुनारले पसलको सटर बन्द गरेर कुटपिट गरेका हुन । बन्द सटरबाट आवाज आए पछि स्थानीयले भट्टराईको उद्दार गरि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर  गरेर प्रहरीलाई खबर गरेका थिए ।

कुटपिटबाट घाईते भएका भट्टराईलाई स्थानीय मेडिकलमा उपचार पछि थप उपचारको लागि चितवन मेडिकल कलेज पठाईएको छ ।

कुटपिट गर्ने दुवै जना प्रहरी नियन्त्रणमा रहेका र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर २० गते २०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI