आलु उत्पादनमा आत्मनिर्भर बन्दै नवलपुर

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १७ गते १४:२८
आलु उत्पादनमा आत्मनिर्भर बन्दै नवलपुर

कावासोती । नवलपुर आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने  क्षेत्र, किसानको संख्या सँगै उत्पादन बढ्दै गएपछि जिल्ला आलुमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लाको विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलुखेती गर्ने किसानहरु थपिदै गएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा यस वर्ष गत वर्ष भन्दा ५० हेक्टर बढी अर्थात वर्ष ३ हजार २ सय २५ हेक्टरमा व्यवसायीक रुपमा आलु खेती गरिएको छ । आलुमा बिस्तारै आत्म निर्भर हुँदै गएको नवलपुरमा गत वर्ष ५७ हजार ३ ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो । खेती लगाउने जमिनको क्षेत्रफल र किसानको संख्या बढेकाले यस वर्ष आलुको उत्पादन बढने सूचना अधिकारी काफ्लेले बताए । कृषि ज्ञान केन्द्रसँगै स्थानीय तहले आलुखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेकाले जिल्लामा आलुखेती बिस्तार हुँदै गएको हो ।

जिल्लामा आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ९२ लाखको कार्यक्रम सञ्चालन भएको जानकारी सूचना अधिकारी काफ्लेले स्थानीय तहका कृषि शाखा र कृषि ज्ञान केन्द्रले किसानहरुका खेतमा पुगेर प्राविधिक सहयोग गर्ने गरेको बताए ।

प्रकाशित : २०८० पुष १७ गते १४:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI