विभाग प्रमुख कंडेलले बनाए सहकारी महासंघ चुनाव परिचालन समिति

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १८ गते २२:४८
विभाग प्रमुख कंडेलले बनाए सहकारी महासंघ चुनाव परिचालन समिति

बुटवल, १८ पुस । राष्ट्रिय सहकारी महासंघको आसन्न महाधिवेशनलाई लक्षित गरी नेपाली कांग्रेसको सहकारी विभागका प्रमुख देवेन्द्रराज कण्डेलले केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेका छन् । कंडेलले कांग्रेस निकट सहकारीकर्मी भानुभक्त ढकाल संयोजक रहेको केन्द्रिय निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गरेका हुन् । पुस २७ र २८ गते सहकारी महासंघको साधारण सभा तथा अधिवेशन हुंदैछ ।
विभागका प्रमुख कंडेलले निर्वाचनमा पार्टीनिकट सहकारीकर्मीलाई जिताउन रणनीति बनाउन ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेर जिल्लाको सहकारी संस्था सम्बन्धी विवरण मागेका छन् । महाधिवेशनको प्रतिनिधिमा जिल्ला स्तरीय सहकारी संघहरुबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले ७७ वटै जिल्लासँग विवरण माग गरेका हुन् । पुस २३ गतेसम्म विवरण केन्द्रीय कार्यालयमा पठाउन समेत परिपत्रमा भनिएको छ ।
वचत तथा ऋण, वहुउद्देश्यी, साना किसान, विशिष्टीकृत लगायत सबै सहकारीका जिल्ला संघ, प्रदेश संघ र केन्द्रीय संघको सहभागिता हुने महाधिवेशनमा करिब ३ सय २० मतदाता हुन्छन् । यसअघि पुस ७ र ८ गते सम्पन्न वचत तथा ऋण सहकारी संघ (नेफस्कुन) को निर्वाचनमा विभाग प्रमुख कंडेलको रणनीतिले गर्दा पहिलोपटक नेपाली कांग्रेस निकट सहकारीकर्मी अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०८० पुष १८ गते २२:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI