नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र क्याम्प सञ्चालन

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २३ गते १८:२९
नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र क्याम्प सञ्चालन

२३ पौष, नवलपुर ।
नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र कैम्प सञ्चालन गरिएको छ । जिल्लाको कावासोती नगरपालिका २ कुमारवर्ती बहुमुखी क्याम्पसमा भारतिय भूपू सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था र भारतिय सैनिक कल्याणकारी संस्थाको आयोजनामा उक्त क्याम्प सञ्चालन गरिएको हो ।

उक्त संस्थाहरुले विगत तिन वर्षदेखि जिवित प्रमाण पत्र क्याम्प जिल्लामा नै सहज हुने तरिकाले सञ्चालन गर्दै आएको कर्णेल धन वहादुर मास्की रानाले बताउनु भयो । जिल्लामा भएका जति पनि ज्येष्ठ नागरिकहरु रहेका छन् उनीहरुलाई लक्षित गर्दै चितवन भरतपुर र काठमाडौँ जानु पर्ने बाध्यतालाई हटाउने उदेश्यका साथ क्याम्पको सुरुवात गरेको भारतिय सैनिक कल्याणकारी संस्थाका अध्यक्ष क्याप्टेन लेखनाथ तिवारीले बताउनु भयो ।

जिल्लामा नै क्याम्प सञ्चालन भएदेखि जिवित प्रमाण पत्र नविकरणका लागि आफूहरुलाई सहजता भएको पेन्शनरहरुले बताएका छन् । क्याम्प सञ्चालन गरेको पहिलो वर्ष एक हजार ८३७ जना , दोश्रो वर्ष एक हजार ४८७ जना लाभान्वित भएको भारतिय भूपू सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र केसीले बताउनु भयो । सोमबार सञ्चालन गरिएको क्यापमा करिब दुई हजार जना पेन्शनर लाभान्वित भएका छन् ।

प्रकाशित : २०८० पुष २३ गते १८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI