जेएन- १ देखिएपछि निगरानी : संक्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २५ गते ९:४५
जेएन- १ देखिएपछि निगरानी : संक्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

कावासोती । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड-१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् ।

नेपालमा पहिलोपटक हिजो सात जनामा कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो । साथै संक्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उनले अनुरोध गरेका छन् ।

मन्त्रालयले संक्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित : २०८० पुष २५ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI