No ads found for this position

चर्चामा अयोध्या, ओझेलमा वाल्मिकी आश्रम

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ७ गते १२:५३
No ads found for this position
चर्चामा अयोध्या, ओझेलमा वाल्मिकी आश्रम
No ads found for this position

सन्जय भट्टराई,कावासोती माघ ८ गते अर्थात २२ जनवरीका दिन मित्र राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको भव्य उदघाटन हुदै छ । विश्वभर हिन्दु धर्माल्वम्बीको ध्यान भारतको अयोध्यामा पुगेको छ । नेपालका केही स्थानीय तहले त अयोध्याको राम मन्दिर उदघाटन र प्राण प्रतिष्ठाको अवसर पारेर सार्वजनिक बिदानै घोषणा गरेका छन भने केहीले ¥याली झाँकी निकाल्ने तयारी गरेका छन । तर भगवान राम सँग जोडिएको भारतको सिमानामा पर्ने ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मिकी आश्रम भने भने यति बेला ओझेलमा परेको छ । भगवान् रामको जन्म भुमि भारत सरकारले राम मन्दिर बनाएर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्ने दिन नजिक आईरहदाँ माडी नगरपालिकाको वडा नं १ मा पर्नेे राम–सीतासँग जोडिएको प्राचीन धार्मिकस्थल वाल्मीकि आश्रम भने बेवास्तामा छ । आश्रम माडी–१ मा परे पनि यहाँ पुग्न भारतको विहार राज्यको भूमि नटेकी सम्भव हुन्न ।

आश्रम पुग्नका लागी गण्डकी प्रदेशको गैँडाकोट हुँदै ६० किलोमिटर पर बर्दघाट पुग्न पर्छ । लुम्बिनी प्रदेशको बर्दघाटबाट दक्षिण २८ किलोमिटर पर रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध ब्यारेज कटेर भारत बिहार राज्यको वाल्मीकिनगर पुगेपछि आश्रम जान १० किलोमिटर पूर्व लाग्नुपर्छ । वाल्मीकि टाइगर रिजर्भको जंगल पार गरेर सानो खोल्सो तरेपछि नेपालको भूमिाम रहेको जीर्ण स्वागतद्वारको अगाडि पुगिन्छ । जसमा लेखिएको छ, ‘नेपालमा हार्दिक स्वागत गर्दछौं ।’ अन्तर्राष्ट्रिय सिमानाको आडबाट दुई सय मिटर जति पर पर्छ, बाल्मिकी आश्रम । आश्रम आसपास दर्शन गर्न आउनेलाई धजा, अबिर, प्रसाद बेच्न ८/१०वटा पसल बाटोको दायाँबायाँ राखिएका छन । आश्रम वरपर बस्दै आएका पुराना बासिन्दाले ती पसल सञ्चालन गरेका हुन ।


राम–सीता सँग जाडिएको वाल्मिकी आश्रममा सरकारको ध्यान नजादाँ भारतीय अतिक्रमणको चपेटामा पर्ने सक्ने चिन्ता हुने गरेको आश्रम परिसरमा सानो पसल सन्चालन गर्दै आएका एनिस राईले गुनासो गरे । “आफ्नै भूमिबाट आउने बाटो छैन, भारत हुदैँ आउन पर्छ, सिमाना २ सय मिटर नजिक छ, हाम्रो सरकारले ध्यान दिएको छैन,कुनै दिन आश्रम नै भारतको चपेटामा पर्ने चिन्ता छ”, राईले भने । बिजुली, मोबाईल नेटवर्क, खानेपानी र सडक सन्जाल नहुदाँ आश्रम परिसरमा साना साना पसल चलाएर जिविका चलाउनेहरु समस्यामा परेका छन ।

राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी वाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान रामका छोराहरु लव र कुशको जन्म भएको र सीतामाता पातालमा भासिएको स्थल जीर्ण अवस्थामा छ । पुरातात्विक बस्तुहरु यत्रतत्र छरिएर रहँदासमेत तीनै तहको सरकारको ध्यान नगएको मन्दिरका पुजारी शेखर सुवेदीले बताए । रामायण कथाअनुसार सीताका छोरा लव र कुशको यहीं पठनपाठन भयो । रामले लगाएको अश्वमेध यज्ञका बेला छाडेका घोडा पनि लव र कुशले समाएर बाँधेका थिए । आश्रममा यी घटनासँग जोडिएका पुराना वस्तु रहेका छन । आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरू छन । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि यहाँ रहेको पुजारी सुवेदीले बताए । “पुरातात्त्विक महत्त्वका यी क्षेत्र खुला आकाशमुनि छन । कलात्मक ढुंगा, ढुंगाकै खम्बा, इँट्टाका टुक्रा जस्ता प्राचीन वस्तुहरू यत्रतत्र छरिएका छन । पुराना इँटाका टुक्रा र ढुंगा घुम्न आउनेले खेलाउने सामग्री भएका छन ।”, सुवेदीले भने ।

आश्रम चितवनको माडी नगरपालिकाको वडा नं १ मा रहेको भए पनि यहाँका स्थानीय नवलपुरको विनयी त्रिवेणीका मतदाता हुन । भारतीय भुमि प्रयोग गरेर जानु पर्ने बाध्यता अन्तय गर्न भन्दै त्रिवेणीको गजेन्द्रमोक्ष धामबाट निमार्ण गरिएको झोलुङ्गे पुलको निमार्ण सम्पन्न भए पनि निकुञ्जको कारण पदमार्ग निमार्ण हुन नसेकाले आश्रम पुग्न भारतको भूमी प्रयोग गर्नु पर्ने बाध्यता नहटेको हो । झोलुङ्गे पुल पारीको करीब १७ सय मिटर लामो पदमार्ग बनाउनका लागी शहरी विकास मन्त्रालयबाट २० लाख विनियोजन भएको र हप्ता दिन भित्रै उक्त रकम निुकुञ्नको खातामा आउने र पदमार्गको काम सुरु हुने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

भारतीय बाटो हुँदै जाँदा गण्डक ब्यारेजको मुख रहेका भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्छन । त्यसपछि बीचमा वाल्मीकि टाइगर रिजर्भ वन पोस्ट छ । त्यहाँ टिकट नै काट्नुपर्छ । अन्तिममा पनि भारतीय सुरक्षा पोस्टमा सोधपुछ हुन्छ । तीन÷तीन ठाउँमा निगरानी भएपछि नेपालीहरू यो झन्झट बेहोरेर आश्रम पुग्न कमै रुचाउने गरेका छन् । निकुञ्जको घना जंगल र कष्टकर भूगोलका कारण माडीबाट आश्रम पुग्न सकिँदैन । नारायणी नदीमा बनेको झोलुङ्गे पुल पारी पदमार्ग बने आश्रम पुग्न सहज हुने देखिन्छ ।

प्रकाशित : २०८० माघ ७ गते १२:५३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI