त्रिवेणी साहित्यमा पौडेलको नेतृत्व

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १३ गते २१:१८
त्रिवेणी साहित्यमा पौडेलको नेतृत्व

गैँडाकोट । नवलपुरमा रहेको त्रिवेणी साहित्य प्रतिष्ठानले सनिवार गैंडाकोटमा रहेको आफ्नै भवनमा चौँथो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

सभाले इन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ  कार्यसमिति चयन गरेको छ । निर्बिरोध रुपमा उपाध्यक्ष भीमप्रसाद शर्मा, सचिव रामहरि शर्मा शराह, सह-सचिव भूमिश्वर शर्मा, कोषाध्यक्ष मुक्तिनाथ न्यौपाने र सदस्यहरुमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ रेग्मी, राधा कोइराला, सुजन अधिकारी, लीला मास्कि राना, शोभा खनाल कोइराला र भूमिका तिमिल्सिना लाई उक्त सभाले  चयन गरेको हो । सभाले प्रतिष्ठाको लेखा सुपरीवेक्षण समिति संयोजक विष्णुमाया पन्थी र सदस्यमा मिनाकुमारी खनाल र भानुभक्त सापकोटा चयन गरेको छ ।

निर्वाचन संयोजक गोबिन्द राज बिनोदी, गोबिन्द रिमाल र कृष्णचन्द्र चालिसे समेत रहेको निर्वाचन समितिले आगामी १५ गते साँझ ४ बजे आफ्नै भवनमा पदस्थापना र सपथग्रहण हुने जानकारी गराएको छ ।

अधिवेशन अघि भएको साधारणसभा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि गैंडाकोटका मेयर मदनभक्त अधिकारीले त्रिवेणि साहित्य प्रतिस्ठान मार्फत कला र साहित्यको बिकास गर्ने तर्फ नगर गम्भीर भएको बताउदै कला, साहित्य, संगीत र सामाजिक इतिहास बोकेका साहित्यिक प्रतिष्ठान लाई नगरपालिकाले उच्च सम्मानका साथ अघि बढाउन सहयोग गर्ने बताए । सभामा नगर उपप्रमुख शान्ति कोइराला, साहित्यकार चूडामणि बन्धु, चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल, नेपाल स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष तथा आदर्श समाजका प्रधान सम्पादक कृष्ण बास्तोला, साहित्यकार श्यामजी अतिथि, डा. होमराज सापकोटा, डा. फणीन्द्र देवकोटा, होमनाथ सापकोटा, शरदचन्द्र पण्डित लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

चौँथो साधारण सभा तथा अधिवेशनमा उपस्थित सम्पुर्णलाई प्रतिष्ठानका कोषाध्यक्ष इन्द्रराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । प्रतिष्ठान स्थापनाको ३४ औ वर्षमा आइपुग्दा हाल सम्म साहित्यका भिन्नभिन्न बिधाका १४४ कृति प्रकाशन गरेको त्रिवेणी साहित्य प्रतिष्ठानमा कुल १७२ आजिवन सदस्य रहेका छन ।

त्रिवेणी साहित्य प्रतिष्ठान’ले स्थापनाको ३४ औँ वसन्तसम्म आइपुग्दा १४४ कृतिहरु प्रकाशित गरेको छ । ३३ वर्ष अघि २०४७ सालमा स्थापना गरिएको ‘त्रिवेणी साहित्य परिषद्’ नामक संस्था २०७७ सालदेखी भने ‘त्रिवेणी साहित्य प्रतिष्ठान’ का रुपमा रहेको छ । संस्थामा हाल साहित्य, कला र संगीत क्षेत्रका १७२ जना आजीवन सदस्य छन् । आगामी वर्ष पनि कम्तिमा विभिन्न बिधाका २० वटा थप पुस्तक प्रकाशित गर्ने, घुम्ती साहित्यका कार्यक्रम, कला र संगीत क्षेत्रका सृजनात्मक  क्रियाकलापहरुलाई निरन्तरता दिदै अघि बढाउने प्रतिबद्धता राख्दै नवनिर्वाचित अध्यक्ष इन्द्रराज पौडेलले आगामी कार्यसमिति साहित्य र सामाजिक क्षेत्रमा नबिनतम कार्य गर्न लागिपर्ने बताए । गत आर्थिक वर्षमा  २४ लाख ३० हजार रुपैयाँ आम्दानी विवरण रहेको प्रतिबेदन कोषाध्यक्ष धर्मानन्द शर्मा पौडेलले पेश भएको सभालाई सचिब भिम प्रसाद शर्माले सहजीकरण गरेका थिए ।

प्रकाशित : २०८० माघ १३ गते २१:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI