हुप्सेकोटका ६७ वर्षिय वृद्ध वेपत्ता,खोजि कार्यमा सहयोग गर्न परिवारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १४ गते १८:४९
हुप्सेकोटका ६७ वर्षिय वृद्ध वेपत्ता,खोजि कार्यमा सहयोग गर्न परिवारको आग्रह

हुप्सेकोटका एक वृद्ध केही दिन देखि वेपत्ता भएका छन । हुप्सेकोट १ वेलुवा वस्ने ६७ बर्षका रण वहादुर पुन माघ ९ गते मध्यान्ह १२ वजेबाट सम्पर्क बिहिन भएका हुन ।

मानसिक सन्तुलन गुमाएका पुन सामान्य बोलचाल गर्ने गर्दछन । हरियो ज्याकेट भित्र रातो टिर्सट, कालो टोपी, खैरो हाप पाइन्ट पहिरिएका अन्दाजी ५ फुट उचाइ भएका गहुँ गोरो बर्णका पुन फेला नपरेपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेको छ ।

उल्लेखित हुलिया भएका व्यक्ति कहि कतै फेला परेको खण्डमा निजका छोरा चन्द्र वहादुर पुनको मोबाईल नम्वर ९८४५७१८५३२ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पारिवारले आग्रह गरेको छ ।

 

प्रकाशित : २०८० माघ १४ गते १८:४९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI