कायाकिङको राष्ट्रिय प्रतियोगिता नवलपुरमा

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १९ गते १२:१३
कायाकिङको राष्ट्रिय प्रतियोगिता नवलपुरमा

कावासोती । साहसिक खेल कायाकिङको राष्ट्रिय स्तरको प्रतियोगिता नवलपुरमा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा यहि माघ २२ गते नारायणी नदिको अमलटारी घाट देखि नन्दपुर सेहेरी सम्म  प्रतियोगिता हुन लागेको हो ।

२२ गते हुने प्रतियोगितामा २० जना राष्ट्रिय खेलाडीले भाग लिने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले बताए । गत माघ ४ गते नारायणी नदिको अमलटारी घाट देखि नन्दपुर सेहेरी सम्म गरिएको कायकिङको परिक्षणबाट नतिजा सुखद आए लगत्तै प्रतियोगिता आयोजना गरिएको हो ।

नवलपुरमा कायाकिङको सफल परिक्षण पछि प्रतियोगिता आयोजना हुनु आफैमा महत्त्वपूर्ण भएकाले नवलपुरलाई खेल पर्यटनको गन्तव्यको रुपमा अगाडि बढाउन प्रतियोगिता कोशेढुङ्गा साबित हुने सदस्य सचिब शर्माले बताए । खेल पर्यटन मार्फत जैविक विविधता संरक्षणको सन्देश समेत प्रतियोगिताले दिने शर्मा बताउछ्न ।

प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिताको सह आयोजक नन्द भाउजू उपभोक्ता समिती रहेको छ । नारायणी नदिमा प्रतियोगिता आयोजना गर्न चितवन राष्ट्रिय निकुञ्जले अनुमती दिएको छ ।

प्रकाशित : २०८० माघ १९ गते १२:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI