बुद्ध दर्शन टेलिभिजनको पाचौँ साधारण सभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २० गते १९:३७
बुद्ध दर्शन टेलिभिजनको पाचौँ साधारण सभा सम्पन्न

२० माघ, नवलपुर ।
नवलपुरको कावासोतीमा रहेको बुद्ध दर्शन टेलिभिजनले आफ्नो पाचौँ साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक औपचारीक कार्यक्रमका विच साधारण सभा सम्पन्न गरिएको हो । आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्थाद्धारा विंस २०७२ सालमा टेलिभिजनको स्थापना भएको हो । समृद्ध र समता मुलक समाज निर्माणका लागि सञ्चार अभियान भन्ने मुल उदेश्यका साथ स्थापित टेलिभिजनले विगत आठ वर्षदेखि समुदाय स्तरमा उल्लेखनीय योगदान गर्दै आइरहेको छ ।

कार्यक्रम टेलिभिजनका प्रवन्ध निर्देशक थाम बहादुर गाहाको अध्यक्षतामा एवम् गण्डकी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश साँसद रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै कार्यक्रममा टेलिभिजनको केन्द्रिय संस्था आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी सस्थाका अध्यक्ष जगतकाजी गुरुङ , समाजसेवी नर बहादुर ठाडा ,कर्णेल धन बहादुर मास्की राना , खगिसरा गुरुंग , देवीसरा पुलामी , नेपाल आदिवासी जनजाति महासंघ जिल्ला नवलपुरका पुर्व अध्यक्ष राम ब्लोन तामाङ , बौद्ध गुम्वा विहार कावासोतीका अध्यक्ष देव बहादुर सारु लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि साँसद गाहाले टेलिभिजनले समाचार र सुचना सम्प्रेशणमा स्वच्छ र स्वतन्त्र हुनुपर्नेमा जोड दिनु भएको छ । उहाँले जुनसुकै समुदायको समान अधिकार र पहुँचताका लागि मिडियाले सदैव निश्पक्षरुपमा काम गर्नुपर्ने बताउनु भयो

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी सस्थाका अध्यक्ष जगतकाजी गुरुङले टेलिभिजनले समृद्ध र समतामुलक समाज निर्माणको उदेश्य अनुरुप कार्य गदै आएको र भावी समयमा पनि निरन्तरता दिईनेमा बताउनु भयो ।

टेलिभिजन ब्यवस्थापन सञ्चालक समितिका सदस्य प्रेमध्वज गाहाले सञ्चालन गर्नुभएको कार्यक्रममा टेलिभिजनका प्रवन्ध निर्देशक थाम बहादुर गाहाले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । बुद्ध दर्शने टेलिभिजन आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी सस्था द्धारा स्थापित भई स्थापनाकाल देखि नै समाजमा भएका सत्यतथ्य घटना सम्वन्धी समाचार , सुचना सम्प्रेसण , शिक्षा , मनोरञ्जन कार्यक्रम मार्फत प्रसारण गदै आएको छ ।

प्रकाशित : २०८० माघ २० गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI