सोनाम ल्होछारको पुर्वसन्ध्यामा तामाङ समुदायको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २० गते २०:२९
सोनाम ल्होछारको पुर्वसन्ध्यामा तामाङ समुदायको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२० माघ , नवलपुर ।
नवलपुरका तामाङ समुदायले सोनाम ल्होछारको पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको देवचुली नगरपालिका २ स्थित शाश्वत धाम सिजिमा शनिबार एक समारोहका बीच कार्यक्रम सम्पन्न गरेको हो । मन्जुश्री सम्वत् २८५९ औं, हिय ल्हो ( खरायो वर्ग ) लाई बिदाई गर्दै २८६० औं , ढुक ल्हो ( गडुल वर्ग ) लाई स्वागत गर्दै कार्यक्रम गरिएको छ ।

 

कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती नवलपुरको आयोजनामा गरिएको हो । कार्यक्रम समितिका अध्यक्ष मंगलसिँ पख्रीन तामाङको अध्यक्षता एवं नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य आश बहादुर गोलेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै केन्द्रिय सदस्य गोलेले तामाङ समुदाय एक जुट हुनु पर्ने बताउनु भयो । उहाँले आदिवासी जनजाति अन्तरगतका तामाङ जातिले अझैसम्म पनि राज्यको अपनन्त्व गर्न नपाएको बताउनु भयो ।

 

आगामी दिनमा तामाङ समुदाय पनि राज्यको मुलधार सम्म पुग्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा तामाङ समुदायको विभिन्न संघसंस्थाका पदाधिकारी एवं भातृसंगठनको उपस्थित रहेको थियो । तामाङ जातिको महान पर्व सोनाम ल्होछार यहीँ माघ २७ गते परेको छ । यो समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछ । यस्तै कार्यक्रममा तामाङ सेलो नृत्य प्रतियोगिता समेत भएको थियो ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा कावासोती १३ पिठौली प्रथम , कावासोती ८ , दृतिय र देवचुली कुलेनी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः , नगद रु सात हजार , पाँच हजार र तीन हजार प्राप्त गरेका छन् ।

प्रकाशित : २०८० माघ २० गते २०:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI