तेस्रो घडियाल काव्य उत्सव माघ २८ गते देखि

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २५ गते ७:४६
तेस्रो घडियाल काव्य उत्सव माघ २८ गते देखि

कावासोती । लोपोन्मुख अवस्थामा रहेको घडियाल संरक्षणका लागी नवलपुरमा काव्य उत्सव हुने भएको छ । नवलपुरको देवचुलीमा रहेको रेडियो ह्याप्पी एफ एम १०३.८ ले घडियाल काव्य उत्सवको तेस्रो संस्करणको आयोजना गर्न लागेको हो ।

नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य शाश्वत धाममा यहि माघ २८ र २९ गते आयोजना गरिएको घडियाल काव्य उत्सवको तेस्रो संस्करणमा संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरुसँग प्यानल छलफल गरिने एफएमले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

उत्सबको तेस्रो संस्करणमा हिजो, आज र भोलि, पृथ्वीका अन्तिम डायनासोर : घडियाल, अवको विकास : मनस्थिति र परिस्थिति, आँगनीमा लिट्–नेचर, प्रकृति, पर्यटन र साहित्य, मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता, सिने पर्यटन : नवलपुरासीदेखि नवलपुरसम्म, गोलमेच पालिका बहस तथा मध्य नेपालका साहित्यकारहरुको काव्य वाचन रहने एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए ।

मानव र वन्यजन्तु बिचको द्वन्दका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको अति संकटापन्न घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव आयोजना गर्न लागिएको बताउदै निर्देशक कडरियाले पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्बर्द्धनका विविध आयामहरुलाई समेट्दैे शाश्वत धाममा दुई दिनसम्म काव्य उत्सवको आयोजना गरिएको कडरिया बताउछ्न । घडियाल संरक्षणको मुख्य सन्देश बहस तथा काव्य वाचनबाट दिदै नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा दिन, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउन र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने समेत कार्यक्रमको लक्ष्य रहेको उनको भनाई थियो ।

यस अघि गत २०७५ र २०८०को वैशाखमामा अति संकटापन्न जीव घडियाल गोहीको साहित्य मार्फत संरक्षणको सन्देश दिनका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव पहिलो र दोस्रो संस्करण आयोजना गरेको एमएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करणको आयोजना गरेको हो ।

प्रकाशित : २०८० माघ २५ गते ७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI