राईनो संरक्षण गोल्डकपमा फोर ब्रर्दशको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २७ गते १९:३७
राईनो संरक्षण गोल्डकपमा फोर ब्रर्दशको विजयी सुरुवात

कावासोती । नवलपुरको मध्यविन्द-२ कोल्हुवाको राईनो रंगशालामा शनिबार देखि सुरु भएको छैटौं राईनो संरक्षण गोल्डकपको उदघाटन खेलमा सेन्टर कलेज फोर ब्रर्दशले विरगंज युनाईटेडलाई २-१ ले हराउदै विजयी सुरुवात गरेको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफको ६३ औं मिनेटमा विनोद केवटको गोलबाट फोर ब्रर्दशले अग्रता लिएको थियो । खेलको ८९ औं मिनेटमा बिरगंजका तर्फबाट गोल गर्दै बराबरीमा पुर्‍याए पनि ९० औं मिनेटमा फुगुराम चौधरीको गोलबाट फोर ब्रदर्शले जित निश्चित गरेको हो ।

प्रतियोगिताको छैटौं संस्करणको गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुसिला सिंखडाले उदघाटन गरेकी हुन । ३ वटा विभागीय, २ वटा ए डिभिजन, ३ वटा प्रदेशका टिम सहित १२ टिमले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले ८ लाख र द्वितीय हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता आउँदै गरेकोमा पछिल्लो समय सोही नाममा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना सुरु गरिएको हो ।

प्रतियोगिताको भोलिको खेलमा हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित : २०८० माघ २७ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI