एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २८ गते १०:४०
एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

कावासोती । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।

आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको हो । वायोमास ओभलमा भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ३२ रन बनाईन् । रुबिना क्षेत्रीले २४ बलमा १७ रन बनाईन् । तेस्रो विकेटका लागि सीता र रुबिनाबीच अविजित ४८ रनको साझेदारी भएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । भुटानका लागि ओपनर नवाङ चोदेनले २५ तथा डेन्छन वान्मीले १७ रन बनाईन् । नेपालका लागि कप्तान ईन्दु बर्मा,सीता राना मगर, कविता जोशी र कविता कुँवरले समान एक एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।

प्रकाशित : २०८० माघ २८ गते १०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI