राईनो संरक्षण गोल्डकपमा गण्डकीको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २८ गते २१:५४
राईनो संरक्षण गोल्डकपमा गण्डकीको विजयी सुरुवात

कावासोती । राईनो संरक्षण गोल्डकपमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

राईनो रंगशालामा गण्डकीले बिएफसी हनामीलाई २-१ ले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको हो ।

खेलमा गण्डकीका गण्डकीका प्रसन्न श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । गण्डकीले अब फागुन ४ गते हुने क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत माघ २९ गते सोमबारको खेल २८ बिगाहा युवा क्लब, कावासोती र लुम्बिनी प्रदेश बीच हुने आयोजकले जानकारी दियो ।

राइनो क्लब, मध्यविन्दु नगरपालिका, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो फागुन ९ गतेका दिन हुनेछ ।

प्रकाशित : २०८० माघ २८ गते २१:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI