राईनो संरक्षण गोल्डकप : २८ बिघा क्वाटरफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २९ गते १८:२१
राईनो संरक्षण गोल्डकप : २८ बिघा क्वाटरफाइनलमा

कावासोती । नवलपुरको मध्यविन्दु-२ कोल्हुवाको राईनो रंगशालामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा अठ्ठाइस विगाहा युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै नवलपुरकै क्लब अठ्ठाईस विगाहाले अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि अब संकटा क्लब काठमाडौंसँग खेल्नेछ ।

खेलको अग्रता अठ्ठाइस विगाहाले ३४ औं मिनेटमा सुशिल लामाको गोलमा लिएको थियो । पहिलो हाफ सकिन तीन मिनेट अघि समिर राई ठोकरले टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा निरज चौधरीले विजेता टोलीका लागि तेस्रो गोल गरे ।

कप्तान तथा गोलकिपर बिरेन्द्र सरु मगर खेलको म्यान अफ द म्याच घोषित भए ।

राईनो क्लब मध्यबिन्दु नवलपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : २०८० माघ २९ गते १८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI