कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुदै

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १० गते १८:०९
कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुदै

कावासोती । कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’ भन्ने नारा सहित यही फागुन १५ गतेबाट २२ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।

ओल्ड स्टार क्लब कावासोतीको आयोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही , चितवन , मकवानपुर नवलपरासी सहित १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष राम पौडेलले बताए ।

नकआउट चरणमा हुने प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद , प्रमाण पत्र र शिल्ड , दोस्रोले ४० हजार नगद तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित सम्मान गरीने छ ।

कावासोतीको नमुना सदरमुकाम स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी तिब्ररुपमा भैरहेको आयोजकले जनाएको छ ।

प्रकाशित : २०८० फागुन १० गते १८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI