कांग्रेस महासमिति बैठकले के दियो ? कांग्रेस महामन्त्री गगन थापा सँगको विशेष अन्तर्वाता

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ११ गते ९:०१
कांग्रेस महासमिति बैठकले के दियो ? कांग्रेस महामन्त्री गगन थापा सँगको विशेष अन्तर्वाता

ललितपुरको गोदावरीमा बिहिबार सम्पन्न भएको काँग्रेस महासमिति बैठक पछि काँग्रेस महामन्त्री गगनकुमार थापासँग नवलपुर टाईम्सका सन्जय भट्टराईले गर्नु भएको कुराकनी : 

गठबन्धनका विषयमा तपाई किन निर्मम ?

यो गठबन्धन आम मान्छेको जीवन सँग जोडिएको भए पनि मान्छेले यस्लाई महसुस नै गरेको छैन, राजनीतिक दल एकदमै धेरै निर्वाचन सँग आस र त्रासमा हुन्छ, चुनाव जिते पछि चुनाव जितेको दलले सके सम्म राम्रो काम गरेर अर्को पटकका लागी पूँजी आर्जन गर्छ, चुनाव हारेकाले अझै जनतामा गएर विकल्प ल्याएर जान खोज्छ, हामी कहा त चुनाव जितेकाले पनि काम गरेर अर्को पटक पनि काम गरेर चुनाव जित्छु नसोच्ने भो, उस्ले के सोच्ने भने, हिसाब किताब मिलाउने सोच्ने भो, यति वटा दललाई मिलाएर राखे चुनाव जित्छु भन्ने सोच्ने भो, हारेकाले पनि मिलेकोलाई तोडेर म सँग मिलाउन सक्छु भन्ने सोच्ने भो, यो गठबन्धनको सिस्टमले अब त परिणम नै नदिने भो, हाम्रो मुख्य सम्स्या भनेको हाम्रो राजनीतिक नियतको भयो, राजनीति हाम्रो विकृत थियो, सम्स्या ग्रस्त थियो, तर गठबन्धनको राजनीतिले त्यो हाम्रो विकृति सच्याउने प्रयासलाई त्यस्ले ध्वस्त बनाईदियो, थप विकृत बनाईदियो, हाम्रो दल भित्र हामीहरु नयाँ परिवर्तन खोजिराथ्यौ, गठबन्धनको राजनीतिले त्यो परिवर्तनको आन्दोलनलाई सुकाईदियो, नयाँ सुरु हुन लागेको राजनीतिक संस्कृति त्यस्लाई पनि नामेट गरिदियो, कसैले जिम्मा लिन नपर्ने, भाग मात्रै खोज्ने बनाईदियो ।

यो महासमिति बैठकले काँग्रेसलाई के दियो ? यस्ले त पार्टीलाइ झन गठबन्धन गर्ने र नगर्ने २ धारमा पु¥यायो नि ?

यो महासमितिको बैठकबाट प्रस्तावहरु हलमा आएको सुझावहरु सहित पाति भएको छ । सुझावहरु मिश्रित छ्न, प्रत्येक विषयका बारेमा, निर्वाचन अगाडिको गठबन्धका बारे, कतिपय विषयमा एकल र कति पय विषयमा मिश्रित सुझाव छ्न,। जहाँ सम्म मैले राखेको प्रस्तावको कुरा छ, मेरो प्रस्तावमा सरल भाषामा छ नेपाली कांग्रेस पार्टी ले आफ्नो चुनाव चिन्ह मा मत हाल्छ ,यो त कुनै पार्टीका लागि सामान्य स्वाभाविक र जायज कुरा न हो ,कांग्रेसका लागी,यो भन्दा अर्को निर्णय, निचोड हुनै सक्दैन, त्यही रुपमा आज महासमितिले लियो र अब बस्ने केसले लिन्छ मलाई पुर्ण विश्वास छ ।

महासमिति बैठकले लिएको निर्णय पार्टीको जीवनमा लागु हुन्छ की यो गर्नका लागी गरिएको मात्रै हो ?

केहि कुराहरु हामी सरकारमा बसेर गर्न पर्ने कुराहरु महासमितिले निर्देशित गरेको छ, महासमितिको काम मार्ग निर्देशित गर्ने हो, जिम्मा लिने काम गरेन परिणाम आउँछ, सरकारमा बस्ने साथीहरुले काम गर्न पर्छ । अर्को कुरा पार्टी संगठन केही महत्त्वपूर्ण कुराहरु छ्न जुन कुराजरु हामीले २ वर्ढका लागि कार्ययोजना बनाएर प्रस्ताव गरेका छौ, त्यसमा आएका सुझाव लाई ईमान्दारिता पूर्वक मेहनत का साथ काम गर्छौ परिणाम आउछ । कांग्रेस सरकारको ठुलो पार्टी मात्रै होइन, काँग्रेस नेपालको सबै भन्दा जिम्मेवार दल पनि हो, अरु कुनै पनि दललाई तत्काल को फाईदा हेरेर निर्णय लिन बहकिन छुट होला, काँग्रेसलाई छैन, राष्ट्रिय राजनीतिमा सबै भन्दा ठुलो प्रभाव पार्ने भनेको नेपाली काँग्रेसले अहिले समाजमा देखिएका यावत निरासाका कुरालाई सम्हाल्न पर्छ, यो कांग्रेस को जिम्मेवारी हो । दोस्रोकुरा महासमितिले के निर्णय गरयो भने हामी सरकारमा छौ अरुलाई दोष दखाएर हामी उम्किन पाउदैनौ, हामीले काम गर्नु पर्छ । परीणाम दिनु पर्छ ।

महासमिति बैठक जनजीविकको सवालमा बोलेन भन्ने छ नि ?

महासमितको बैठकमा प्रत्येक बोल्ने साथीले जनजीविकाको कुरा उठाउनु भएको छ,साथीहरुले सहकारी पिडितका कुरा, किसानका कुरा, पूर्वाधार निमार्णमा ढिला भएका कुरा, युवा पलायनका कुरा, महासमितिको बैठकले टुङग्याउदै गर्दा प्रस्ताव सँगै अहिलेको जनजीविकाको सवाललाई महत्वका काँग्रेसले कसरी लिएको छ भन्ने कुरालाई उदृत गर्दै पारित गरेका छौँ, यस्ले पनि हाम्रो यो विषय प्रतिको बुझाई प्रस्टयाउछ भन्ने लाग्छ ।

 

यो महासमितिले अब काँग्रेसको राजनीति भनेको विश्व र्भसेस गगन भन्ने पनि देखायो, महासमिति बैठकबाट तपाईहरु बीच मतभिन्न्ता आएकै हो त ?

एकदमै होईन, यस्ले के देखाउँछ भने हामीहरु बीचको परिपक्वता, । कहिलेकाहीँ कुनै विषयविस्तुलाई हेर्ने जोडकोणहरु फरक हुन सक्छ, हुन्न भने पनि मानेका पनि छौँ, जोडकोणहरु फरक भएका कारणले एक अर्कालाई सम्मान गर्दै फेरि हामी साझा धारणा बनाउने कुरामा पनि हामी लाग्छौ र अहिले लाग्ने अवस्था पनि यो महासमितले बनाएको छ । केही केही विषय अर्थात तपाईले उठाए झै गठबन्धनको विषयमा उहाँले प्रस्ट के भन्नु हुन्छ भने पार्टी भित्र दुईवटा धारणाहरु छन, दुईवटा धारणा भएकाले कुनै एउटा उपयुक्त समयमा निर्णय गरौला, म के भन्छु भने त्यो दुईवटा मध्ये एउटा म हो, मेरो धारणा हो, गठबन्धन गर्न हुन्न त्यो निर्णय अहिले गरौँ भन्दै छु , यस्ता कुराहरुमा केही फरक कुरा आएका छन, यो जोडकोण फरक हो, मुल विषयमा हामी सँगै छौ ।

महासमिति पछि गठबन्धन सरकारको भविष्य के हुन्छ ?

गठबन्धनको सरकारको विषय कहीकतै तल माथी केही छैन, सबै एकठाउँ मा छौं, यो सरकार बदल्ने फेर्ने चलखेलमा लाग्नु हुदैन भन्ने कुरा हामीले बोली पनि सक्यौँ यसमा कुनै तलमाथी केही हुन्न ।

प्रकाशित : २०८० फागुन ११ गते ९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI