बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ अस्पताल हिडेका बिरामी गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १३ गते १२:३५
बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ अस्पताल हिडेका बिरामी गम्भीर घाईते

कावासोती । गैंडाकोटमा आईतबार बिहान भएको दुर्घटनामा अस्पताल हिडेका ७५ वर्षीय पुरुष गम्भीर घाइते भएका छ्न ।

पुर्व पश्चिम राजमार्गमाको भृकुटी चोकमा नारायणगढ बाट बर्दिया जाँदै गरेको बा.प्र. ०६००१ ख ०१९६ नं. को बसले सोही दिसा तर्फ बाट जाँदै गरेको ना ३६ प ९०४५ नं. को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशा बाट आईरहेको ग १ च ७१५२ नं. को बिरामी बोकी आएको एम्बुलेन्सलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्समा सवार डाइलाईसिसका लागि भरतपुर जाँदै गरेका मध्यबिन्दु-१२ का ७५ वर्षीय मानबहादुर कुमालको टाउकोमा चोट लागेको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसै गरि एम्बुलेन्समा सवार भोटबहादुर कुमाल र सोमबहादुर कुमाल तथा स्कुटर चालक किसोर गौतम सामान्य घाईते भएका र घाईते सबैको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० फागुन १३ गते १२:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI