नमुना सदरमुकामको लागि अर्थ मन्त्रालय द्वारा ५० करोड बजेटको स्रोत सहमति

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १३ गते १७:३८
नमुना सदरमुकामको लागि अर्थ मन्त्रालय द्वारा ५० करोड बजेटको स्रोत सहमति

कावासोती । अर्थ मन्त्रालयले नवलपुरको नमुना सदरमुकामको लागि ५० करोड बजेटको स्रोत सहमति दिएको छ ।

अर्थ मन्त्रालयले योजना आयोगलाइ पत्र लेखेर ५० करोड बजेट स्रोत सहमति प्रदान गरिएको जानकारी दिएको हो ।

अर्थले योजना आयोगलाई लेखेको पत्र अनुसार चालू आ.वको सुरुमा विनियोजित बजेट समेत गरि ५० करोड मात्रको स्रोत सहमति दिने मन्त्री स्तरको निर्णय भएको जनाईएको छ । स्रोत सहमति भए सँगै आयोजनाको काम चैत महिना बाट सुरु हुने छ ।

नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्कीको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्मा सहितको टोलिले अर्थ मन्त्री डाक्टर प्रकाश शरण महतलाई भेटेर बजेट थप गर्न आग्रह गरेको थियो ।

प्रकाशित : २०८० फागुन १३ गते १७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI