मगरको संस्कृती संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न मगर एकता आवश्यक :सांसद कार्की

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १५ गते २०:४४
मगरको संस्कृती संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न मगर एकता आवश्यक :सांसद कार्की

कावासोती
नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्कीले मगर जातीको संस्कृती संरक्षण गर्न मगर जातिको एकता आवश्यक रहेको बताएका छन । डिहि मगर समाज हुप्सेकोटद्वारा ४२ औं मगर एकता दिवसको अबसरमा मङ्गलबार आयोजित बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्किले यस्तो बताएका हुन ।


“मगर जातिको संस्कृती संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मगरहरु एक ठाउँमा उभिन आवश्यक छ ” कार्किले भने ।
प्रतिस्पर्धात्मक युगमा उच्च शिक्षा मार्फत मात्र विश्व बजारमा बिक्न सकिने बताउँदै संस्कृती संरक्षण गर्दै अध्यनमा लगनशिल हुन सांसद कार्किले जोड दिएका थिए ।

डिहि मगर समाज हुप्सेकोट ४ को आयोजना तथा जलदेबी युवा क्लबको सह-अयोजनामा संचालन भएको बिबिध कार्यक्रममा बुधबारबाट जिल्ला स्तरिय भलिवल प्रतियोगिता हुँदैछ ।

प्रकाशित : २०८० फागुन १५ गते २०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI