टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १६ गते ९:३८
टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

कावासोती । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिविविको मैदानमा शुरु हुँदैछ । यो खेल नेपालका लागि दोस्रो तथा नेदरल्याण्ड्सका लागि पहिलो खेल हो ।

नेपाललाई यो खेल पीर भुलाउने कि घाउमा नून छर्कने भन्ने महत्वपूर्ण रहेको छ । यो सबै मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेलको हातमा रहेको छ ।

नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग हार बेहोरेको थियो । त्यतिमात्र होइन नामिबियाले विश्वकप लिग–२ का दुवै खेलमा नेपाललाई पराजित गरेको थियो ।

यसैले पनि मनोबल बढाउन नेपालले आजको खेलमा नेदरल्याण्डलाई हराएर दोस्रोपटक नामिबियासँग भिड्दा जित्ने गरी नै मैदानमा उत्रनुको विकल्प छैन । नेपालले पहिलो पटक घरेलु मैदानमा कमजोर खेलिरहेको हो ।

प्रकाशित : २०८० फागुन १६ गते ९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI