दूधको भुक्तानी माग्दै किसानको प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १७ गते ११:५०
दूधको भुक्तानी माग्दै किसानको प्रदर्शन

नारायण शर्मा, कावासोती । दुधको भुक्तानी माग गर्दै नवलपुरका किसानले महेन्द्रराजमार्गको कावासोतीमा राजमार्ग अवरुद्ध गरेका छन ।

नवलपुर सदरमुकाम कावासोतीमा राजमार्गमा दुध पोखेर किसानले सरकार विरुद्ध आक्रोस जनाएका हुन । अहिले बिहान १० बजेवाट कावासोती स्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्दै किसानले महेन्द्रराजमार्ग अवरुद्ध गरेका हुन । दुधको भुक्तानी नपाएको र सरकार मुकदर्शक भएर बसेको भन्दै उनिहरुले सरकारको बिरोधमा नाराबाजी समेत गरेका छन ।

निकम्मा कृषिमन्त्री राजीनामा दे , किसानमारा सरकार मुर्दावाद, दुधको आयात बन्द गर , जस्ता प्लेकार्ड बोेकेको किसानहरु सडकमा नारावाजी गरेका छन । उनिहरुले मिल्क होलि डे बन्द हुनपर्ने र किसानको उत्पादन दुधको मुल्य र बिक्रिको जिम्मा सरकारले लिन पर्ने माग गरेका छन ।

महेन्द्रराजमार्गको कावासोतीमा दुध पोखेर नारावाजी गरेका कारण महेन्द्रराजमार्ग हुदै पूर्वपश्चिम हिडेका दर्जनौ गाडि कावासोतीमा रोकिएका छन । उनिहरुले अहिले सवा १२ बजे सम्म चक्काजाम गरेर सरकारको बिरोध गर्ने जानकारी दिए ।

नवलपुरमा दैनिक करिब ७० हजार लिटर दुघ बिक्रि हुदै आएको छ । दुग्ध उत्पादक किसानले स्थानिय सहकारी मार्फत बिक्रि गरेको दुधको भुक्तानी नपाएका कारण आन्दोलन गर्न परेको जनाएका छन । सहकारीले काठमाण्डौका दुध डेरीलाई दिएको दुधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन ।

प्रकाशित : २०८० फागुन १७ गते ११:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI