कविता : घाउ नभएको मान्छे होला र ???

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २४ गते ८:३१
कविता : घाउ नभएको मान्छे होला र ???

राजन पाण्डे-

घाउ नभएको मान्छे होला र ???

देखिने घाउ,
नदेखिने घाउ,

देखाईने घाउ,
नदेखाईने घाउ,

तनको घाउ,
मनको घाउ,

आफ्नाहरुले छिचोलेको घाउ,
पराईहरुले निचोरेको घाउ,

समयले दिएको चोटको घाउ,
भाग्य र कर्मले दिएको खोटको घाउ,

शव्दहरुले डामेको घाउ,
वाटोमा छिड्के हानेर लागेको घाउ,

मुखमा राम-राम वगेलीमा छुरा हुँदा लागेको घाउ,
आँफैले आँफैलाई चिन्न नसक्दा ओरालो लागेर लागेको घाउ,

यी र यस्तै घाउ वोक्दै हिड्दो रहेछ मान्छे ।
आखिर घाउ नभएको मान्छे होला र ????

प्रकाशित : २०८० फागुन २४ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI