महाशिवरात्रि पर्व मनाइँदै, देशभरका शिव मन्दिरमा भीड

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २५ गते ७:२९
महाशिवरात्रि पर्व मनाइँदै, देशभरका शिव मन्दिरमा भीड

कावासोती । हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् ।

शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ ।

आजको दिन भगवान महादेवलाई जाडो हुने भएकाले घरघरमा गई दाउरा मागेर धुनी जगाउने प्रचलन समेत छ ।

पशुपति क्षेत्रभित्र गाँजा, भाङ, धतुरोजस्ता पदार्थको प्रयोग गर्न नपाइने जानकारी पशुपति क्षेत्र विकास कोषले दिएको छ । हरेक वर्षझैं यस वर्ष पनि पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथसँगै देश भरका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

 

प्रकाशित : २०८० फागुन २५ गते ७:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI