अत्याधुनिक लेजर प्रबिधी मार्फत पायल्स,फिसर,फिस्टुलाको उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत १ गते १९:०७
अत्याधुनिक लेजर प्रबिधी मार्फत पायल्स,फिसर,फिस्टुलाको उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

कावासोती

पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्स,फिसर,फिस्टुलाको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट यी रोगहरुको उपचार गरिन्थ्यो तर अचेल आधुनिक लेजर प्रबिधिबाट समेत यसको सफल उपचार र शल्यक्रीया हुन थालेको छ । लेजर प्रबिधी मार्फत गरिने उपचार प्रभाबकारी हुने चिकित्सक बताउँछन ।

 

चितवन जिल्लामै पहिलो पटक पायल्स,फिसर,फिस्टुलाको उपचारका लागि अत्याधुनिक लेजर प्रबिधी भित्र्याएको सेन्ट्रल हस्पिटल चितवनमा  बिरामिहरुको संख्या बढ्दै गएको अस्पताल प्रशासनले बताएको छ ।

“चिरफार गरेर उपचार गर्न डराउने बिरामीहरु लेजर प्रबिधिको जानकारी पछि निर्धक्कले उपचार गर्ने गरेका छन” अस्पतालका बरिस्ठ सर्जन डाक्टर सुर्य ज्योती श्रेष्ठले भने ।
डा.श्रेष्ठका अनुसार सेन्ट्रल अस्पतालबाट लेजर प्रबिधि मार्फत सयौंको संख्यामा बिरामिको सफल उपचार भईसकेको छ ।


लेजर प्रबिधिबाट उपचार गर्दा शारीरिक दुखाई पनि कम हुने र छोटो समयमै बिरामी सामान्य जिवनशैलीमा फर्कने बताउँदै डाक्टर श्रेष्ठले लाजका कारण रोग पालेर राख्दा जटिल अवस्था निम्तिन सक्ने भएकाले समयमै रोगको निदान गर्नुपर्ने बताए । लेजर प्रबिधी मार्फत भेरिकोज भेन (खुट्टा सुन्निने,खुट्टामा रगत जम्ने) रोगको समेत सफल उपचार हुने सेन्ट्रल अस्पताल प्रशाशनले बताएको छ ।

पायल्स ,फिसर ,फिस्टुलाको उपचार हुने लेजर प्रविधि के हो ?

लेजर प्रविधि शल्यक्रियाकै एउटै पाटो हो । चिरफार नगरी विशेष प्रकारको विकिरणद्वारा उपचार गरिने प्रविधिलाई लेजर  भनिन्छ  । पायल्स मात्र हैन यो उपचार विधि मिर्गौलाको शल्यक्रिया र प्रोस्टेट सम्बन्धी शल्यक्रियामा पनि प्रयोग गरिन्छ ।

लेजर एउटा इलेकट्रोनिक उपकरण हो, जसले विद्युतिय माध्यमबाट पराबैजनी किरण निकाली शरीरमा भएका अनावश्यक टिस्युलाई सुकाउने काम गर्छ । मलद्वारसम्बन्धी रोग फिसर फिस्टुलामा पनि यो उपचार विधि प्रयोग हुन्छन् ।

कस्तो अवस्थामा यो विधि प्रयोग हुन्छ ?

मलद्वार बाहिर मासु निस्कन्छ, रगत बग्छ भने त्यो पायल्सको लक्षण हुन सक्छ । यस्तो लक्षण देखिए विशेषज्ञ  चिकित्सकको सल्लाहमा पायल्स नै हो भनेर ठम्याउन सकिन्छ । त्यसपछि मात्र कस्तो उपचार विधि अपनाउने भन्ने कुरा तय हुन्छ ।

मलद्वारमा घाउ भएको छ र मलद्वारभित्र मासु पलाएको अवस्थामा लेजर प्रविधिले उपचार सजिलो र छिटो हुन्छ । तर मासु मलद्वारभन्दा बाहिर निस्किएको छ र भित्र ठेल्दा पनि जाँदैन भने उपचार नै गाह्रो हुन्छ ।

कति प्रभावकारी छ ?

उपचार कति प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीको अवस्था कस्तो छ , उमेर कति छ, मोटोपना छ की छैन, जीवनशैली कस्तो छ र अन्य दीर्घ रोग छ की छैन यी सबै कुराले तय गर्छ । तर, भित्री पायल्समा यो उपचार पद्धति बढी प्रभावकारी हुन्छ ।

यो उपचार विधीमा शल्यक्रिया गर्दा अन्य शल्यक्रियामा जस्तो ठुलो घाउ बनाइँदैन, सानो घाउ बनाइन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक औषधि पनि थोरै चलाए पुग्छ । बिरामी चाँडै निको हुने भएकाले अस्पतालमा भर्ना गरेर धेरै दिन बस्नु पर्दैन । घाउ सानो हुने भएकाले संक्रमण हुने सम्भावना कम हुन्छ । साथै घाउको दाग कम बस्छ यस हिसाबले अन्य उपचार प्रविधिको तुलनामा यो प्रविधि प्रभावकारी नै छ ।

यसमा अपनाउनुपर्ने सावधानी के हो ?

पायल्सको उपचार पछि अपनाउनु पर्ने सावधानी मध्ये सबैभन्दा प्रमुख सावधानी कब्जियत हुन नदिनु हो । कब्जियत हुन नदिन खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

उपचारपछि यो खाना हुन्न त्यो खान हुन्न भनेर बार्ने चलन छ । तर सामान्य व्यक्तिले खान मिल्ने खानेकुरा बिरामीले पनि खान मिल्छ । दाल, भात, तरकारी, माछा, मासु  लगायतका प्राकृतिक खानेकुरा खान मिल्छ ।

मैदाजन्य खानेकुरा, प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा र बाहिरको धेरै चिल्लो पिरो खानेकुरा भने बार्नुपर्छ ।

प्रकाशित : २०८० चैत १ गते १९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI