लक्ष्यभन्दा ८० हजार बढी बालबालिकाले लगाए दादुरा रुवेलाविरुद्धको खोप

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ९ गते १२:४३
लक्ष्यभन्दा ८० हजार बढी बालबालिकाले लगाए दादुरा रुवेलाविरुद्धको खोप

कावासोती । दादुरा रुवेला खोप अभियान २०८० अन्तर्गत सरकारको लक्षभन्दा ८० हजार बढी बालबालिकाले खोप लगाएका छन् । २०८० फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गरिएको खोप कार्यक्रममा ५९ लाख ७६ हजार २५९ जनाले खोप लगाएका हुन् ।

सरकारले खोप लगाउने उमेर समूहको संख्या ५८ लाख ९५ हजार ५५३ रहेको अनुमान गरेको थियो ।

स्वास्थ्य सेवा विभग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार खोप लिनेमा ९ महिनादेखि ५ वर्षसम्मका शिशु २१ लाख ५० हजार ७४८ छन् । ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिका ३७ लाख ६ हजार ६८० छन् ।

अभियानअन्तर्गत तराइका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका र अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप दिइएको थियो ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा १२९ प्रतिशतले खोप लगाएका छन् । सबैभन्दा कम मधेसमा ८३ प्रतिशत बालबालिकाले खोप लगाएको महाशाखाको तथ्यांक छ ।

अभियानका क्रममा नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइएको थियो ।

प्रकाशित : २०८० चैत ९ गते १२:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI