देशभर शुरुभयो एसईई

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत १५ गते ८:५८
देशभर शुरुभयो एसईई

कावासोती । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि देशभर एसईई शुरु भएको हो । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा एसईई दिन विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको छ ।

८ बजेदेखि शुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा रहेको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : २०८० चैत १५ गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI