गैँडाको आक्रमणमा परेर कावासोतीमा ९० वर्षीय वृद्धाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २७ गते १४:२९
गैँडाको आक्रमणमा परेर कावासोतीमा ९० वर्षीय वृद्धाको मृत्यु

कावासोती । गैँडाको आक्रमणमा परेर नवलपुरमा ९० वर्षीय वृद्धाकोमृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नं १० रतवल बस्ने वर्ष ९० की जगरीमाया महतोलाई कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउन जादा गैँडाले आक्रमण गरेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गैँडाले आक्रमण गर्दा पेटमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : २०८० चैत २७ गते १४:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI