कविता : आज घाट आएको छु

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ५ गते १९:३९
कविता : आज घाट आएको छु

राजन पाण्डे-

आज घाट आएको छु

 

लाखौं जलिसकेको घाटमा,
मन भित्रको मसान बोकेर,
आज घाट आएकोछु ।

जलिरहेको लास देख्दा,
आँफु ज्युँदो हुनुको महत्व बुझ्न,
मन जलि रहँदा तनले तानिएर आएकोछु ।
हजुर आज घाट आएकोछु ।

घाट कि त कोही मरे पछि गईन्छ ।
कि आफ्नै मन मरे पछि गईन्छ ।
मन मर्ने र व्युतने चलिरहन्छ ।
जब मन मर्छ । आत्माले घाट खोज्छ ।
घाट जाँदा मन शित्तल हुन्छ ।
त्यैसैले,
आज घाट आएकोछु ।

घाट विचार हो ।
जीवन दर्शन हो
जीवन यात्रा हो ।
जानि जानि हराउन,
वेपत्ता र लापत्ता हुन आएकोछु ।
आज घाट आएकोछु ।

घण्टको आवाज र नेपथ्यको भजन सुन्न ,
घोकाईएका विचार र स्मृतिका तिखा काँडाबाट अलग हुन,
भविश्यको काल्पनिक चिन्ताबाट टाढिन,
विभाजिज विश्वास, अतृप्त लोभ, संकिण आग्रहबाट पन्छिन,
सबै थोक विर्सने तागत जम्मा गर्न ।
हुटहुटीएको मन लिएर,
आज घाट आएकोछु ।

सुर्य साँझ अस्ताउने पिरले विहान उदास हुँदैन ,
सुर्यास्तमा अर्को दिनको सुर्योदयको मातले उन्माद हुंदैन ।

आज घाट आउंदा आफू जल्दै आएको थिंए,
अरु जल्दै गरेको देखेर । आँफै निभे । चिसिंदै गए ।
आज घाट बाट निभेर फर्केकोछु ।

प्रकाशित : २०८१ वैशाख ५ गते १९:३९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI