एसीसी प्रिमियर कप : फाईनल प्रवेशका लागि नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ७ गते ७:०४
एसीसी प्रिमियर कप : फाईनल प्रवेशका लागि नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै

कावासोती । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले  यूएईसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ ।

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित : २०८१ वैशाख ७ गते ७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI