कालीगण्डकीमा बेपत्ता दिदीबहिनीको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १२ गते ११:४६
कालीगण्डकीमा बेपत्ता दिदीबहिनीको शव फेला

कावासोती । कालीगण्डकी नदीमा बेपत्ता भएका दिदीबहिनीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझदेखि बेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुमगरकी १४ वर्षीया छोरी नरिना र १७ वर्षीया लक्ष्मी बौदीकाली गाउँपालिकास्थित कालीगण्डकी नदी र बौदीकाली खोलाको दोभानमा मृत फेला परेकी हुन् । धारामा कपडा धोएपछि नुहाउन भन्दै दुईजना मात्र गण्डकीमा गएका थिए । प्रहरी निरीक्षक कमल परियारका अनुसार गण्डकीमा नुहाउन जाँदा भुमरीमा परेर बेपत्ता भएका थिए । घर नजिकै धारामा नुहाउन गएका दिदीबहिनी राति अबेरसम्म नफर्किएपछि स्थानीय र प्रहरीले खोजी सुरू गरेका थिए । दिदी लक्ष्मी सारू आइतबार कालीगण्डकी किनारमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् । बहिनी भने बेपत्ता थिइन् । उनी मंगलबार फेला परेकी हुन् । शव पोस्टमार्टमका लागि पाल्पास्थित रामपुर अस्पताल पठाइएको छ ।

प्रकाशित : २०८१ वैशाख १२ गते ११:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI