खगेन्द्र र रुद्रकली निकुञ्जमै : भाईरल भिडियो नेपालको नभएको पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १३ गते ९:१२
खगेन्द्र र रुद्रकली निकुञ्जमै : भाईरल भिडियो नेपालको नभएको पुष्टि

सन्जय भट्टराई, कावासोती । कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो खगेन्द्रप्रसाद र रुद्रकलिको नभएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलप्रजा पुनका अनुसार ती दुवै हात्ती निकुञ्जको सौराहामा रहेको हात्ती प्रजनन केन्द्रमानै रहेका छ्न ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले निकुञ्जलाई उपहारको रुपमा पठाउन सकिने हात्तीको विवरण मागे पछि स्वास्थ्य परिक्षण लगाएत सबैकुराले खगेन्द्रप्रसाद र रुद्रकली उपयुक्त भएपछी निकुञ्जले सिफारिस गरेको प्रमुख पुनले बताए ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने प्रमुख पुनले बताए ।

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय महासन्धि अनुसार वन्यजन्तु तथा त्यसका आखेटोपहार ओसार पसार गर्न प्रतिबन्ध छ । वन्यजन्तु उपहार दिने सम्बन्धमा भने साइटिसको अनुमति लिएर ओसार पसार गर्न पाउने कानुनी व्यवस्था छ । सबै प्राविधिक र प्रशासनिक विषय मिलाउन केही समय लाग्छ त्यसपछी मात्रै हात्तीहरु कतार जाने पुनले बताए ।

प्रकाशित : २०८१ वैशाख १३ गते ९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI