लायन्स क्लव अफ चितवन वाङ्मयको वर्ष २०२४-२५ को अध्यक्षमा अधिकारी

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १५ गते १३:५१
लायन्स क्लव अफ चितवन वाङ्मयको वर्ष २०२४-२५ को अध्यक्षमा अधिकारी

गैंडाकोट । लायन्स क्लव अफ चितवन वाङ्मयको वर्ष २०२४/२५ का लागि  लायन्स सुजन अधिकारीलाई अध्यक्ष पदमा चयन गर्दै ७ औं अधिवेशन  शुक्रबार मेघौलीको थारु ग्रामीण होमस्टेमा सम्पन्न भएको छ।

अधिवेशनबाट प्रथम उपाध्यक्ष लायन पुष्प अधिकारी अञ्जली, द्वितीय उपाध्यक्ष लायन राजेन्द्र पौडेल, सचिव लायन बिदुर अधिकारी ,कोषाध्यक्ष लायन हिरामणी शर्मा ,सह-सचीव लायन राजेन्द्र सिलवाल लगाएत सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन । अधिबेशन लाई सम्बोधन गर्दै निर्वाचित अध्यक्ष अधिकारीले समाजमा आई पर्ने विपत व्यवस्थापन, असहाय दीन दु:खीहरुलाई सहयाेगका साथै कला साहित्य र पत्रकारिता क्षेत्रलाइ समेत अङ्गाल्दै अझै प्रभावकारी ढङ्गबाट कार्यक्रमहरु अघि बढाउने बताए ।

लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२४ आर जोन ३६ का जोन चियर पर्सन लायन हरिप्रीया रिजाल प्रमुख अतिथी रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष रामहरी श्रेष्ठ, पुर्व अध्यक्ष हिरामणी रेग्मी लगाएत डा: हेमनाथ घिमिरे, मुना रेग्मी, रोजिना लोहनी, इन्दिरा अधिकारी, मुना रेग्मी, बेद प्रसाद महत्तो लगाएत अतिथी रहेको कार्यक्रम लाई क्लबका सचीव लायन राजेन्द्र पौडेलले गरेका थिए ।

प्रकाशित : २०८१ वैशाख १५ गते १३:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI