प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने ‘सिग्नेचर ब्रिज’ को शिलान्यास

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ३१ गते ११:४७
प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने ‘सिग्नेचर ब्रिज’ को शिलान्यास

नारायण शर्मा, कावासोती ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । त्यस्तै सहरका हिसाबले पुलले भरतपुर र गैंडाकोटलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत पनि उपस्थित थिए ।

आगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ । ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ ।

 

नारायणगढ र गैंडाकोटको बीचमा रहेको नारायणी नदीमा यसअघि २०३८ सालमा बनेको पुलबाट हाल गाडी आउजाउ भइरहेको छ । अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो ।

प्रकाशित : २०८१ वैशाख ३१ गते ११:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI