कविता : “बा”

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ३१ गते १८:३४
कविता : “बा”

राजन पाण्डे-

” बा ”

म भित्र..
बगेको रगत,
अडेको संस्कार,
गढेका सपनाहरु,

सिकेका संघर्षहरु,
सबै
बा कै कण हुन्
बा कै कथा हुन् ।।।

मैले,
काधमा चढेर छातिमा खुट्टा राख्दा
अझै माथि चढ्न मलाई शक्ति र विश्वास भर्ने मेरा बा,

मेरा लागि अनेक हुन्,
लक्ष्यको वाटो हुन्।
उर्वरताको माटो हुन् ।
उत्प्रेरणाको लहरा हुन् ।
सहनसिलताको पहरा हुन् ।
मलाई जिताउन आँफु पटक-पटक खुसीसाथ हार्ने प्राणी हुन् ।
आफ्नो गास कटाएर, हाँसो हटाएर समपर्णले वाच्ने गाथा हुन् ।

बा……
विहान ढले पछि दिन,
दिन ढले पछि साँझ,
साँझ ढले पछि रात भए जस्तै ।

आज आँफै बा भएर,
बा लाई सम्झिरहेकोछु……..।

( हार्दिक श्रद्धासुमन बा 🙏)

 

प्रकाशित : २०८१ वैशाख ३१ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI