सर्पले डसेर सात वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १ गते १०:३६
सर्पले डसेर सात वर्षीय बालकको मृत्यु

कावासोती । चार दिन अघि घरमै सर्पले डसेको एक बालकको आज बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनको अवस्थामा सुधार नभएपछि चिकित्सकले सोमबार घर लैजान भनेका थिए । उनलाई मंगलबार बिहान घरमा ल्याइएको हो । पूर्वी नवलपरासीमा गोमन, करेतलगायतका बिषालु सर्पको बिगबिगी छ ।

 

प्रकाशित : २०८१ जेठ १ गते १०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI