गृहमन्त्रीलाई पदमुक्त गरेर सहकारी प्रकरण छानबिन गर्न नेविसंघ नवलपुरको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १ गते १९:१७
गृहमन्त्रीलाई पदमुक्त गरेर सहकारी प्रकरण छानबिन गर्न नेविसंघ नवलपुरको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कावासोती । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरी संसदीय छानबिन समिती बनाउन नेविसंघ नवलपुरले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार नेविसंघ नवलपुरका सभापति हरिवंश सुवेदीको नेतृत्वमा नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय पुगेको नेविसंघ नवलपुरले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

नेविसंघले बुझाएको ज्ञापनपत्रमा सहकारी ठगी प्रकरणमा मुछिनु भएका माननीय गृहमन्त्रीलाई पदमुक्त गरी संसदीय छानविन समिति गठन गर्न माग गरिएको छ ।

त्यसै नेविसंघले ज्ञापनपत्र मार्फत सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न, सहकारी उगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न , विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न माग गरेको नेविसंघ नवलपुरका सभापति हरिवंश सुवेदीले बताए ।

प्रकाशित : २०८१ जेठ १ गते १९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI