कांग्रेस नेता कानुको सालिक तोडफोड गर्नेलाई कार्वाही गर्न कांग्रेस नवलपुरको माग

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २ गते १०:५८
कांग्रेस नेता कानुको सालिक तोडफोड गर्नेलाई कार्वाही गर्न कांग्रेस नवलपुरको माग

कावासोती । हुप्सेकोट गाउँपालिकाका वडा नं १ का पुर्व वडा अध्यक्ष चित्रबहादुर कानु मगरको शालिक अज्ञात समुहले तोडफोड गरेको घटना प्रती कांग्रेस नवलपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वैशाख ३१ गते राती कांग्रेस नेता समेत रहेका स्वर्गीय चित्रबहादुर कानु स्मृति उद्यानमा राखिएको कानुको अर्धकदको अज्ञात समुहले शालिक तोडफोड भएको थियो ।

यसै बिच स्वर्गीय कानुको शालिक तोडफोड भएको घटनालाई कांग्रेस माथी आक्रमण भएको ठहर गर्दै कांग्रेस नवलपुरले तत्काल दोषी पत्ता लगाएर कार्वाही गर्न प्रशासन सँग माग गरेको छ ।

कांग्रेस नवलपुर सभापति महेन्द्रध्वज जिसीले बुधबार बार प्रेस विज्ञप्ति जारी गर्दै दोषी माथी कार्वाहीको माग गरेका छ्न ।

जिसीद्वारा जारी विज्ञप्तिमा सालिक तोडफोडको घटनाको घोर निन्दा र भत्सर्ना गर्दै कांग्रेसको आस्था माथीको आक्रमण गर्ने समुहको तत्काल पहिचान गरि कार्वाहीको दायरामा ल्याउन प्रशासन सँग माग गरिएको छ ।

प्रकाशित : २०८१ जेठ २ गते १०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI