नवलपुरमा १० महिनामा २० अर्ब बढि राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ ३ गते ८:३८
नवलपुरमा १० महिनामा २० अर्ब बढि राजस्व संकलन

कावासोती । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नवलपुरमा २० अर्ब भन्दा धेरै राजस्व संक्लन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्यांक अनुसार संघ र प्रदेश तर्फ गरेर जिल्लामा २० अर्ब ९५ करोड, ८७ लाख ६४ हजार ४ सय ५० राजस्व संकलन भएको छ ।

संघीय सरकारलाई जाने राजस्व तर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७ सय ७९ र प्रदेश सरकारलाई जाने राजस्व तर्फ ४५ करोड १८ लाख ८ हजार ६ सय ७९ रुपिया राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले जनाएको छ ।

चालु आ.वको १० महिनाको अवधिमा संघीय सरकारलाई जाने राजस्व तर्फ आन्तरिक राजस्व कार्यालय कावासोतीले सबै भन्दा धेरै राजस्व संकलन गरेको छ ।यो अवधिमा आन्तरिक राजस्व कार्यालयले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७ सय ३२ राजस्व संकलन गरेको कोलेनिका नवलपुरले जनाएको छ । त्यसै गरि कोलेनिकाले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्ला प्रशासन कार्यालयले ८ करोड ३९ लाख ५१ हजार १ सय २०, जिल्ला ट्राफिक कार्यालयले २ करोड ४२ लाख १ हजार ७ सय११, जिल्ला अदालतले १ करोड ५७ लाख ७७ हजार ७ सय ९९, त्रिवेणि भन्सार कार्यालयले १ करोड ५८ लाख ५१ हजार ६ सय ४७ राजस्व संकलन गरेका हुन ।

त्यसै गरि चालू आ.वको १० महिनामा प्रदेश अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयले २५ करोड ६९ लाख ३९ हजार २ सय २७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार ६ सय २७ , डिभिजन वन कार्यालयले ४ करोड ५२ लाख ८१ हजार ८ सय ५४ राजस्व संकलन गरेका छ्न । प्रदेश तर्फ सवै भन्दा धेरै राजस्व संकलन गर्ने कार्यालयमा यातायात व्यवस्था कार्यालय रहेको छ ।

नवलपुरमा राजस्व उठने दर राम्रो देखिए पनि चालु आवको १० महिनामा पुजी गत खर्च भने न्यून भएको छ । जिल्लामा संघीय सरकारले रु.३ अर्ब ९० करोड ८५ लाख ६७ हजार ९ सय ९ छुट्टाएकोमा वैशाख मसान्तसम्म १ अर्ब १५ करोड ८१ लाख ९७ हजार २ सय २४ अर्थात २९.६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको हो । त्यसै गरि कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गण्डकी प्रदेश सरकारले जिल्लाका लागी छुट्टाएको रू १ अर्ब ३२ करोड ८६ लाख १७ हजार मध्ये ६० करोड ४८ लाख ९१ हजार ३ सय ८८ अर्थात ४५.५२ प्रतिशत मात्रै खर्च भएको छ ।

जिल्लामा १० महिनामा संघीय सरकारले उपलब्ध गराएको चालू खर्चको ८५.०१ प्रतिशत र प्रदेश सरकारले उपलब्ध गराएको चालू खर्चको ४५.५२ प्रतिशत खर्च हुँदा सोझै जनतासम्म पुग्ने विकास (पूँजीगत) बजेट न्यून खर्च भएको हो ।

प्रकाशित : २०८१ जेठ ३ गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI