नवलपुरको विनयी खोलाको बगरमा पाटे बाघ मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ ९ गते २२:१०
नवलपुरको विनयी खोलाको बगरमा पाटे बाघ मृत फेला

सन्जय भट्टराई, कावासोती । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-२ विनयी खोलाको बगरमा पाटे बाघ मृत फेला परेको छ ।

विनयी खोलामा  पानी पिउदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान भन्दा १०/१२ मिटर हिडे पछि ढलेको स्थानीयले खबर गरेपछी डिभिजन वन र प्रहरीको टोलि घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिए । उनका अनुसार बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेको जस्तो चोट रहेको छ ।

पोथी प्रजातीको मृत बाघलाई घटना स्थलबाट सब डिभिजन वन कार्यालय दुम्किबास लगिएको र बाघको बिहिबार पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए । नवलपुरमा गएको फागुन यता यो सहित ३ वटा दुर्लभ पाटे बाघ मरेका छ्न ।

प्रकाशित : २०८१ जेठ ९ गते २२:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI