थुम्सीमा सडक भासिदा अवरुद्ध राजमार्ग अझै सन्चालनमा आएन

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १५ गते ८:५६
थुम्सीमा सडक भासिदा अवरुद्ध राजमार्ग अझै सन्चालनमा आएन

कावासोती । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति नवलपुरको गैंडाकोट थुम्सीमा सडक भासिदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड अझै सन्चालनमा आएको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकोले त्यसलाई निकाल्ने प्रयास गरिएको छ ।

भाँसिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।

ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको थियो। नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले जानकारी दिएको छ ।

प्रकाशित : २०८१ जेठ १५ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI