नारायणघाट बुटवल सडक एकतर्फी सन्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १५ गते १२:१८
नारायणघाट बुटवल सडक एकतर्फी सन्चालनमा

कावासोती । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति नवलपुरको गैंडाकोट थुम्सीमा सडक भासिदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड ११ घण्टा पछि एकतर्फी सन्चालनमा आएको छ ।

गए राती २ बजे थुम्सीमा रहेको पुलको छेउमै सडक भासिए पछि सडक अवरुद्ध भएको थियो । भासिएको ठाउँमा ग्रयाबेल हालेर यातायात गुडन मिल्ने भए पछि सडक  एकतर्फी रुपमा सन्चालनमा आएको हो । भासिएको ठाउँमा फसेको ट्रकलाई समेत निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिले एक तर्फी रुपमा पालो गरेर राती देखि रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन सुरु गरिएको हो ।

प्रकाशित : २०८१ जेठ १५ गते १२:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI