ट्रक निकाल्न नसक्दा थुम्सीमा अवरुद्ध सडक अझै दुई तर्फी सन्चालनमा आएन

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १५ गते २१:०८
ट्रक निकाल्न नसक्दा थुम्सीमा अवरुद्ध सडक अझै दुई तर्फी सन्चालनमा आएन

कावासोती । गए राती २ बजे देखि अवरुद्ध गैँडाकोटको थुम्सीमा अवरुद्ध नारायण बुटवल सडक अझै पुर्ण रुपमा सन्चालनमा आएको छैन ।

थुम्सीमा रहेको पुलको पहुच मार्ग भासिए पछि सडक अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोगेका छ्न ।

भासिएको स्थानमा ग्रयाबेल हालेर सडक एकतर्फी सन्चालन गरिएको भए पनि त्यही फसेको एउटा ट्रक निकाल्न नसक्दा बाटो दोहोरो सन्चालनमा आउन नसकेको हो ।

गएराती २ बजेको समयम टायल लोड भएको बा.प्र. ०३-००१ ख-०९६१ ट्रक भासिएको ठाउँमा फसेको हो । फसेको ट्रकमा टायल लोड भएकाले निर्माण कम्पनी सँग भएको क्रेनले ट्रक निकाल्न नसकेको निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधि हिमाल पौडेलले बताए । फसेको ट्रकमा काठमाडौ लैजादै गरिएको २५ टन बाटोमा लगाउने टायल रहेको र त्यो अनलोड नगर्दा सम्म ट्रक निकाल्न नसकिएको पौडेलले बताए ।

सामान अनलोडका लागि बिहानै आउने भनिएको क्रेन बल्ल दाउन्ने पार भएको ट्रक धनी रमेश श्रेष्ठले बताए । दाउन्नेको जामले क्रेन ल्याउन ढिलाई भएको ट्रक धनी बताउछ्न । सामान्य गाडी उठाउने क्रेनले सामान निकाल्दा क्षतिपुग्ने भन्दै ट्रक धनिले आफै क्रेन ल्याउने बताए पनि क्रेन अहिलेसम्म नआईपुगेको हो ।

एउटा ट्रकका कारण यात्रुले दुख पाउदा समेत निर्माण कम्पनी, आयोजना निर्देशनालय र नवलपुर प्रशासन भने मौन देखिएको छ । ट्रक फसेको भन्दा उत्तर पट्टी बाट डाईभरसन बनाउन सुरु गरिएको डाईभर्सन तयार हुन २/३ घण्टा अझै लाग्ने निर्माण कम्पनीका प्रतिनिधि पौडेलले बताए ।

बाटोमा समस्या नभए अबको ३ घण्टा जतिमा क्रेन आएर काम सुरु गर्ने नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ जेठ १५ गते २१:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI