पानी परेर सडक चिप्लो भए पछि दाउन्नेमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २४ गते ९:१८
पानी परेर सडक चिप्लो भए पछि दाउन्नेमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

कावासोती । राती देखि परेको वर्षाको कारण सडक चिप्लो हुँदा पुर्व पश्चिम नारायणघाट बुटवल सडक अवरुद्ध भएको छ ।

सडकको दाउन्ने खण्डको पुर्व र पश्चिम दुवै तर्फ बाट सडक चिप्लो भएका कारण यातायात सन्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदवहादुर पौडेलले बताए ।

राती परेको पानीको कारण सडक चिप्लो भए पछि दाउन्नेको पहाडको पुर्व दुम्किवास र पश्चिम बर्दघाट बाट यातायात चल्न नसकेको हो ।

यसै गरि यहि सडक खण्डको गैंडाकोटको थुम्सीमा सडकमै टिप्पर बिगि्रए पछि सडक एक तर्फी रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

पुर्व पश्चिम राजमार्ग बिस्तारको जिम्मा पाएको निर्माण कम्पनी चाईना स्टेट इन्जिनियरिङ कर्पोरेसनले समय काम नगरिदिदा सामान्य पानी पर्दा समेत सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : २०८१ जेठ २४ गते ९:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI