स्व. तिर्थराज भुसालको सम्झनामा ९६ जनाले गरे रक्तदान

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २६ गते २०:३१
स्व. तिर्थराज भुसालको सम्झनामा ९६ जनाले गरे रक्तदान

कावासोती

नवलपुर एफ एम का संस्थापक स्व. तिर्थ राज भुसालको सम्झनामा ९६ जनाले रक्तदान गरेका छन् । दुर्घटनाभएकाहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ हरेक वर्ष भुसालको जन्मजयन्तीको दिन जेठ २६ गते रक्तदान कार्यक्रम हुदैं आएको छ ।

पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्ट र नवलपुर एफ एम को आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ जना नयॉ रक्तदाता सहित ९६ जनाले रक्तदान गरेका छन् ।

१४ जना महिला र ८२ जना पुरुषलेनवलपुर एफ.एम. का संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३७ औँजन्मजयन्तीको अवसरमा रक्तदान गरेका छन् ।

पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्रश्वर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पत्रकारिता क्षेत्रमा स्व. भुसालको योगदानको स्मरण गर्दै प्रमुख अतिथिविश्वकर्माले मानव जीवनको सबैभन्दा ठूलो दान भनेकै रक्तदान भएको भन्दै यस्ता कार्यक्रमले समाज सेवाको भाव जागृत गराउने बताउनुभयो । उहले स्व. भुसालले देखेको  सुन्दर सपना र उहाले देखाएको बाटो नवलपुर एफ एम परिवारले निरन्तर अघि बढाइरहेको बताउनुभयो ।

 

नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती र नवलपुर रक्त सञ्चारकोप्राविधिक सहयोग रहेको थियो ।  भुसालको स्मृतिमा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टको स्थापना गरेर बिभिन्न सामाजिक कार्यहरु सञ्चालन हुदै आएका छन ।

नवलपुरका सक्रिय पत्रकार भुसालको २०७४ सालको निर्वाचनमा रिपोटिङ्ग गरेर फर्किने क्रममा दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो।

प्रकाशित : २०८१ जेठ २६ गते २०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI