खरकट्टामा दुर्घटना : गोरखाका युवा गम्भीर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ३ गते १८:१४
खरकट्टामा दुर्घटना : गोरखाका युवा गम्भीर घाइते

कावासोती । कावासोतीमा भएको दुर्घटनामा गोरखाका युवक गम्भीर घाईते भएका छ्न ।

कावासोतीको खरकट्टा जंगलमा डण्डाबट नारायणगढ तर्फ जादै गरेको वा.प्र. ०६-००२ प ६६० नं. को मोटरसाइकल लाई विपरित दिशा बाट आउदै गरेको ना ५ ख ६८८३ नं. को (नारायणगढ डण्डा चल्ने लोकल) बसले ठक्कर दिएको हो ।

दुर्घटनामा गोरखा पालुङटार नगरपालिका-६ गाईखुर बस्ने अन्दाजी ३०/३२ को सुमित लुइटेलको टाउको र अनुहारमा  गम्भिर चोट लागेर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बस चालक फरार रहेका र उनको खोजी भैरहेको छ ।

प्रकाशित : २०८१ असार ३ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI